काठमाडौँ, २० फागुन । कोरोना भाइरसको आशंकामा टेकु अस्पतालमा भर्ना गरिएका चारै जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
गत आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई अस्पताल भर्ना गरिएको थियो । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेको अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले जानकारी दिनुभयो ।
यस अघि चिनको वुहानबाट उद्धार गरि नेपाल ल्याइएका १५७ जना नेपाली नागरिकहरु क्वारेनटाइम सकेर सोमबार घर फर्किसकेका छन ।
सरकारले कोरोना संक्रमणको जोखिमलाई नियाल्दै उच्च स्तरिय जोखिम न्यूनिकरण समिति निर्माण गरिसकेको छ । त्यस्तै सर्वोच्च अदालतले कोरोना प्रभावित देशहरुमा आवत जावत रोकन निर्देशन दिएको छ ।





