शेयर बजारमा आज अहिलेसम्मकै उच्च कारोबार

काठमाडौँ, १४ फागुन । शेयर बजारमा आज अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ ।

आज काराेबार बन्द हुँदासम्म ४ अर्ब १५ कराेड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँकाे काराेबार भएकाे हाे । आज दिनभर ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर किनबेच भएका छन् ।

नेप्से परिसूचक पनि आज झण्डै ५१ अंकले बढेर १५ सय ९६ दशमलव १३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक आज ३ दशमलव ३ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९१ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज