काठमाडौँ, ११ फागुन । साताको पहिलो दिन सेयर बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४. १४ मा पुगेको छ ।
नेप्से परिसूचक ६९.५६ अंकले बढ्दा कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैया बढी पुगेको छ । बजारमा उतारचढाव पनि तीव्र देखिएको थियो । कारोबार खुलेको १४३५ दशमलव ८७ अंकबाट शुरु भएको कारोबार २० कारोबार खुलेको २० मिनेटमा नै बढेर १४७८ दशमलव ११ अंकमा पुगेको थियो ।
११ बजेर २० मिनेट जादा भने बढ्ने क्रममा ब्रेक लाग्यो । त्यसपछि ओरालो लागेको बजार ११ बजेर ४२ मिनेट जादासम्म परिसूचक १४५३ मा झर्यो ।
त्यसपछि भने पुनः बजार उकालो लाग्न शुरु गरेको थियो । तीव्र उतारचढावका बीच १ बजेसम्म नेप्से परिसूचकमा ठूलो उकालो देखिएको थियो । कारोबार रकम पनि यस अवधिमा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथि पुगेको थियो ।
१ बजेर २१ मिनेट जादा ७५ अंकले उकालो लागेर १ हजार ५ सय ९ अंक भन्दा माथि पुगेको नेप्से परिसूचक त्यसपछि पुनः ओरालो लाग्यो । १ बजेर ५० मिनेसम्म जादा १ हजार ४ सय ८० मा झरेको परिसूचक त्यसपछि पुनः उकालो लाग्यो । यसरी उतारचढावका बीच नेप्से परिसूचक ६९.५६ अंकले बढेर बन्द भएको हो ।






