साताको शेयर

काठमाडौँ, २ फागुन । साताभरमा शेयर बजार परिसूचक नेप्से शुन्य दशमलव ८ दुई प्रतिशतले बढेको छ । बिहिबार १ हजार ३ सय ४४ दशमलव ५ नौ अंकको बिन्दुमा कायम भएको बजारमा साताभरमा करिब ६ अर्ब ७० करोड रुपैंयाको बराबरको कारोबार भएको छ ।

यस साता शेयर बजार परिसूचक नेप्सेमा शुन्य दशमलव ८ दुई प्रतिशतले वृद्धि देखिएको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ३ सय ३३ दशमलव ६ नौ अंकको विन्दु कायम भएको बजारमा यस साता भने १ हजार ३ सय ४४ दशमलव ५ नौ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यस साता नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो साताको तुलनामा ९ प्रतिशतले घटेको छ। यस साता १ सय ८२ कम्पनीको ७० हजार ९ सय १८ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो साता भने ७ अर्ब रुपैंयाभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचक बढेसँगै यस साता कूल बजारमा पूँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यस साताको अन्तिम कारोबार दिन कूल बजारमा पूँजीकरण १ अर्ब ४६ करोड रुपैयाँ बढेको छ ।

यस साता सर्वा्धिक कारोबार हुनेमा शिवम सिमेन्ट अगाडि रहेको छ। कम्पनीको यस साता ३ हजार ४ सय १० पटकको कारोबारमा ५० करोड ६७ लाख रुपैयाँ बराबरको ९ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस साता एनआईसी एशिया बैंक र नागरिक लगानी कोषको कारोबार रकम २८ करोड रुपैंयाले नाघेको छ ।

यस साता शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । कम्पनीको शेयरमूल्य यस साता १७ दशमलव ६ चार प्रतिशत बढेको छ । यस साता १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज