नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २८ माघ । नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।

सो उपसमूह १०.६७ ले घट्दा बैंकिङ १४.४८, होटल १.५६, विकास बैंक १८.६४, जलविद्युत् ९.८९, वित्त २.९१, निर्जीवन बीमा ९३.४७, उत्पादन २०.२६, अन्य ६.३९, लघुवित्त ७०.२२, जीवन बीमा ५३.२६ र सामूहिक लगानी कोष ०.१६ ले बढेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड दुई लाख १२ हजार ४५ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै एनआइसी एशिया बैंक रु ११ करोड २३ लाख २० हजार ३०२, सिभिल बैंक रु आठ करोड ३४ लाख १० हजार २१८, छिमेक लघुवित्त विकास बैंक रु पाँच करोड ३३ लाख ५० हजार ८३४, नागरिक लगानी कोष रु पाँच करोड २२ लाख ८२ हजार ९२६ र स्वरोजगार लघुवित्त विकास बैंकको रु तीन करोड ४९ लाख २२ हजार ६६४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कालिका पावर १०, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.८३, नेपाल हाइड्रो डेभलपमेन्ट ७.५०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.३४, स्वरोजगार लघुवित्त विकास बैंक ६.१८ र दिव्यश्वरी हाइड्रोपावर का लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए ।

त्यस्तै, युनियन हाइड्रोपावर ५.०८, सेन्ट्रल फाइनान्स ४.०८, रिलायन्स फाइनान्स ३.३५, साल्ट टे«डिङ कर्पोरेशन २.०५, बोटलर्स नेपाल तराई १.९९ र रैराङ हाइड्रोपावरका शेयरधनीले १.९२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज