फिफा विश्वकपको स्टेडियममा काम गरेर रित्तो हात फर्किएकाले पाए तीन वर्षपछि तलब

काठमाडौँ, २४ माघ । कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले ३ वर्षपछि तलब सुविधा पाएका छन् ।

सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करी मिना नामक कम्पनीलाई ३४ नेपाली श्रमिकलाई बिनातलब नेपाल फर्किएपछि नेपाल सरकारले लामो समयसम्म गरेको प्रयासपछि तलब दिलाएको हो ।

तीन वर्षको प्रयासपछि कम्पनीले दिनुपर्ने ९० लाख रुपैयाँ पीडित युवाले पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जाँदाजाँदै सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

लामो समय तलब नपाइ फर्कनुमा त्यहाँस्थित नेपाली दूतावासको बेवास्ता प्रमुख रहेको पीडितले बताएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज