राष्ट्र बैंकले गर्‍यो सिभिल र सेन्चुरी बैंकलाई जरिवाना

काठमाडौँ, २० माघ । नेपाल राष्ट्र बैंकले थप ३ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्जा श्रोत परिचालन अनुपात (सीसीडी रेसियो) नपुर्‍याएको भन्दै सिभिल बैंक र सेन्चुरी कमर्सियल बैंकलाई कारवाही गरेको हो ।

यि दुई बैंकले तोकिए अनुसार सीसीडी रेसियो कायम नगरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सिभिल बैंकलाई ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना गरिएको छ भने सेन्चुरी बैंकलाई ७ लाख १९ हजार ७ सय ६० रूपैयाँ जरिवाना गराइएको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनललाई समेत कारबाही गरेको छ । सिटिजनसलाई २० लाख रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज