काठमाडौँ, १९ माघ । नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी बैंक) लाई ४ करोड रुपैयाँ जरिवाना गरेको छ ।
राष्ट्र बैंकले एनबी बैंकलाई कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै ४ करोड रुपैयाँ जरिवाना हो । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा अनिवार्य हुनुपर्ने छ । गत वर्ष एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकले कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना गर्ने गरेको छ । सोहि अनुसार राष्ट्र बैंकले ४ करोड जरिवाना गरेको हो ।





