मुक्तिनाथ बैंकको शाखा कार्यालयमा आगलागी

वीरगञ्ज, १८ माघ । वीरगञ्ज-८ स्थित नगर विकास समितिको भवनमा रहेको मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।

गएराति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार महत्वपूर्ण कागजात र रकम भने सुरक्षित छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको र यकिन विवरण संकलन भइरहेको जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज