नेपालमा लगानी गरेका विदेशी कम्पनीलाई साढे पाँच अर्ब

काठमाडौँ, १६ माघ । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब साढे पाँच अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन् ।

यहाँका विभिन्न उद्योगमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीलाई मुनाफा, ट्रेडमार्क रोयल्टीलगायत रकम लैजान अनुमति दिएको उद्योग विभागले जनाएको छ ।

विभागले विदेशी लगानी तथा प्र्रविधि हस्तान्तरण शाखाका निर्देशक उदयकुमार गुप्ताका अनुसार विभागले यो वर्ष करिब पाँच अर्ब ५० करोड रुपैयाँको अनुमति दिएको छ । कम्पनीले गत वर्षको मुनाफा लैजान लागेका हुन् ।

विगतमा मुनाफा लैजान नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा लगानीकर्ताको सजिलोको लागि पहिलोपटक उद्योग अन्तर्गतको एकल बिन्दु सेवा केन्द्रले स्वीकृति दिएको विभागले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज