नेप्से परिसूचक झिनो अंकले गिरावट

काठमाडौँ, १५ माघ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४९ अंकले घटेर २७८.१९ मा पुगेर रोकिएको छ ।

आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयरमात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमाको शेयर ९७.१९ अंकले वृद्धि भएको छ । यस्तै वित्त ९०.९५, होटल १६.१६ र व्यापार उपसमूहको शेयर १६.३ अंकले बढेको छ ।

स्टकका अनुसार आज सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ३२.८७ अंकले ओरालो लागेको छ । यस्तै उत्पादन १२.४५, बैंकिङ ७.९६, जलविद्युत् ७.१३, विकास बैंक ५.२३, वित्त २.२२, अन्य १.९९ र सामूहिक लगानी कोषको शेयर ०.१४ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा नेडेप लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६ करोड ३८ लाख ७६ हजार ३७३ मा खरिदबिक्री भयो । यस्तै शिखर इन्स्योरेन्सको रु ६ करोड २२ लाख ३९ हजार १९९, छिमेकी लघुवित्त विकास बैंकको रु ५ करोड ६५ लाख ४३ हजार २६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४ करोड ९० लाख ७४ हजार ७९ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर रु ४ करोड ३० लाख ८० हजार ७४९ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।

आज सबैभन्दा बढी नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । यसैगरी नेरुडे लघुवित्त विकास बैंक ९.१५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८.६६, गुराँस लघुवित्त वित्तीय संस्था ८.३६, आरएमडिसी लघुवित्त वित्तीय संस्था ८.३२, आइएमई जनरल इन्स्योरेन्स ८.०६ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.७९ प्रतिशतले कमाए ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले ५.५० प्रतिशतले गुमाउँदा नेपाल हाइड्रो डेभलपर्स ४.५८, सांग्रिला डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर कम्पनी र समृद्धि फाइनान्स कम्पनीका शेयरधनीले समान ३.७० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज