काठमाडौँ, १२ माघ । नेपालको जीवन बीमा बजारमा २०७४ सालमा बीमा समितिबाट एकै पटक इजाजत पाई संचालनमा आएका केही जीवन बीमा कम्पनीहरु संचालनमा आएको करिब ३ वर्ष पुरा नहुँदै ज्योती लाईफ इन्स्योरेन्सले पुराना कम्पनीहरुलाई समेत पछि पादै जीवन बीमा क्षेत्रमा बलियो धरातल बनाउन सफल भएको छ ।
कम्पनीले व्यवसाय विस्तारमा मात्र नभइ शाखा विस्तार, हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरु विरुद्ध रु. ५० लाख सम्मको उपचार सुविधा सहितका नयाँ नयाँ बीमा योजनाहरु जारी, ग्राहक सेवामा प्राथमिकता, अनलाइन तथाा मोबाइलबाट नै बीमा नवीकरण शुल्क तिर्ने व्यवस्था लगायत प्रविधिहरु संचालनमा ल्याएको छ । त्यति मात्र नभइ पछिल्लो पटक संचालनमा आएका कम्पनीहरु मध्ये बीमितले पाउने बोनस दर पनि ज्योति लाईफको सबै भन्दा बढी रहेको देखिन्छ जसको कारण यस कम्पनीका बीमितहरुले अधिकतम लाभ लिन सक्ने देखिएको छ ।
आफ्नो व्यवसाय शुभारम्भ गर्दादेखि नै घातक रोग उपचार सुविधा सहितका बीमा योजनाहरु बजारमा ल्याई हाल सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको ज्योति लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ ।
उक्त वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आव.को दोश्रो त्रैमासिकमा कुल बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धी भई रु. ७५.१४ करोड आर्जन गरी दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ ले वृद्धी गरेको छ भने व्यवस्थापन खर्चमा भएको ४७ प्रतिशतको वृद्धीको बाबजुद कम्पनीले आय व्ययको सन्तुलन मिलाउँदै खुद नाफामा समेत ७ प्रतिशतले सुधार गर्दै रु. ६.८९ करोड नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमाङ्कीय मुल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ ।
व्यवसाय तथा लगानी वृद्धी, सञ्चालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले दोश्रो त्रैमासिकमा जगेडा कोषमा समेत ९५ प्रतिशतले वृद्धी भई रु. ३३.४६ करोड कायम हुन गएको देखिन्छ भने जीवन बीमा कोषमा २६७ प्रतिशतले वृद्दी भई रु. १.२१ अर्ब रहेको देखिन्छ ।







