बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता

काठमाडौँ, ९ माघ । वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनजस्ता कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामै वैदेशिक लगानी प्रतिबद्धता रु २७ अर्ब भन्दा बढी पुगेको छ, जुन गत आवको कूल प्रतिबद्धताभन्दा झन्डै रु २ अर्बले बढी हो ।

उद्योग विभागको तथ्यांकअनुसार यस वर्षको पहिलो छ महीनामा रु २७ अर्ब २८ करोड बराबरको विदेशी लगानी भित्र्याउने प्रतिबद्धताका १५० कम्पनी उद्योग विभागमा दर्ता भएका छन् ।

यस वर्ष सबैभन्दा बढी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ, त्यसपछि सेवा, सूचनाप्रविधि तथा ऊर्जा क्षेत्रमा धेरै लगानी देखिएको छ । यो समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज