नेप्से साढे २६ अङ्कले घट्यो

काठमाडौं, ६ माघ । आज सोमबार धितोपत्र  बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक भने साढे २६ अङ्कले घटको छ । आज नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम झण्डै रु दुई अर्ब बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद-बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०।१८ ले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ९२ लाख ९५ हजार ९३६ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । एनसिसी बैंक रु १३ करोड ३२ लाख १६ हजार ८१७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ३० लाख दुई हजार ११७, प्रभु बैंक रु ६ करोड ७१ लाख ३८ हजार ३५२, एनआइसी एशिया बैंक रु पाँच करोड ९८ लाख ४८ हजार ९०२, शिवम् सिमेन्ट रु पाँच करोड ८० लाख ३० हजार ९५५ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी रु पाँच करोड ४४ लाख ९५ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहेको छ ।

मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९।८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज