२० अर्बको सेयर निष्कासन

काठमाडौँ, २ माघ । चालू आर्थिक वर्षको पुषसम्ममा १६ कम्पनीले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन अनुमति पाएका छन् । यो सार्वजनिक निष्कासन मत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो ।

चालू आवको पुससम्ममा सार्वजनिक निष्कासन अनुमतिप्राप्त रकममध्ये १६.५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको हो ।

नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था गरेसँगै ऋणपत्र निष्कासनमा वृद्धि देखिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

चालू आर्थिक वर्षको पुससम्ममा सार्वजनिक निष्कासनतर्फ भने गिरावट आएको छ । यो अवधिमा एक जलविद्युत् कम्पनीले करिब ३३ करोड ५१ लाख रुपैयाँ बराबरको निष्कासन अनुमति पाएकोमा सर्वसाधारणमा केबल सात करोड रुपैयाँमात्र बिक्री भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज