काठमाडौँ, २३ पौष । पुष १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ ।
नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप पुगेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी आक्रामक देखिएका छन् ।
पुष १ यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २९ अर्ब ९३ करोड रुपैयाँले बढेर ३१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप भन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी छ । भट्टले निक्षेप भन्दा कर्जा लगानी केही बढी भएपनि वित्तीय प्रणालीमा प्रयाप्त तरलता रहेको बताए ।
बुधबार बैंक तथा वित्तीय संस्थाहरुमा ४६ अर्ब रुपैयाँ तरलता रहेको छ ।






