काठमाडौँ, १९ पौष । सिप्रदी ट्रेडिङले निःशुल्क अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने भएको छ ।
अटोमोवाइल विषयमा टिएसएलसी वा १० कक्षा उत्तीर्ण गरेको र राष्ट्रिय सिप परिक्षण समितिबाट अटोमोवाइलविषयमा लेबल १÷लेबल २ उत्तीर्ण गरेकाले तालिममा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।
१८ वर्ष पूरा भई २५ वर्ष ननाघेका योग्यता पुगेका नेपाली नागरिकहरुले यो तालिममा समावेस हुन पाउने छन् । तालिकको लागि पुस २९ गतेसम्म सप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा दरखास्त बुझाउनु पर्नेछ।
यस ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाडौँमा हुने छ। यो तालिममा उपत्यका बाहिरका नेपालगञ्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने कम्पनीले जनाएको छ ।






