काठमाडौँ, १६ पौष । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने घटेको छ ।
आज सुन स्थिर रहँदै ७३ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजार २ सयमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





