काठमाडौँ, १३ पौष । आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य चाहिँ घटेको छ ।
आज छापावाला सुन स्थिर रहँदै ७३ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजारमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





