सुराकीलाई अधिकतम २५ लाखसम्म

काठमाडौँ, ११ पौष । राजस्व चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीको रकम अधिकतम २५ लाखसम्म रहने सरकारले बताएको छ ।

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संसोधन) विद्येयकमार्फत सुराकी गरेबापत दिइने रकम २५ लाख रुपैयाँभन्दा माथि नहुनेगरी राखिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

सरकारी कर्मचारी र सुरक्षाकर्मीले आफ्नै परिवारका सदस्यलाई सुराकीका रुपमा प्रयोग गर्ने क्रम बढेकाले सरकारले यसमा कडाइ गर्न लागेको हो ।

राष्ट्रिय सभाको बिहिबारको बैठकमा खतिवडाले सुराकीलाई पेशा नै बताउने काम भएको भन्दै त्यसलाई रोक्न रकम नै तोकिएको जानकारी दिए । यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज