नेप्से घट्यो

काठमाडौँ, १० पौष । आज बिहीबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६२ विन्दुले घटेर एक हजार १६७.४१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.३६ विन्दुले घटेर २५४.३६ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर रु ५८ करोड ८६ लाख ७७ हजार ८८७ मूल्यमा शेयर कारोवार भएको छ ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६९, व्यापार ३५.७२, विकास बैंक २.२९ र जीवन बीमा १६.५५ विन्दुले बढेको छ । यस्तै होटल ९.८८, जलविद्युत् ६.४७, वित्त १.२५, निर्जीवन बीमा २४.६७, उत्पादन २४.२६, अन्य ०.२५, लघुवित्त ०.७३ र सामूहिक लगानी ०.०३ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १३ करोड करोड २२ लाख ११ हजार २४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, एनआइसी एशिया ऋणपत्र रु छ करोड एक लाख ४७ हजार ५००, कृषि विकास बैंक रु चार करोड २८ लाख ६० हजार ८२१, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख १४ हजार ५०१, प्रभु बैंक रु दुई करोड २० लाख ४५ हजार ५४७, हिमालयन डिस्टिलरी रु दुई करोड १२ लाख ६१ हजार ६८९ र एनआइसी एशिया बैंकको रु एक करोड ४७ लाख ८८ हजार १७४ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.८० प्रतिशतले कमाउँदा साल्ट टे«डिङ कर्पोरेशन ८.३४, यूनियन हाइड्रोपावर ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक २.८८, तिनाउ मिशन डेभलपमेन्ट बैंक २.६५, र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले २.५१ प्रतिशतले कमाए । त्यस्तै, पाँचथर पावर ७.६२, हिमालयन पावर पार्टनर ४.८२, हिमालयन डिस्टिलरी ३.१९, नेपाल फाइनान्स २.९४ र अरुण काबेली पावरका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज