पेप्सीविरुद्ध दुई अर्ब कर छलीको मुद्दा

काठमाडौँ, ४ पौष । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारमार्फत राजस्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब दुई अर्ब रूपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ। वरुणले हल्का पेय पदार्थ पेप्सी उत्पादन गर्दै आएको छ ।

विभागको अनुसन्धानले २०७०/७१ देखि अहिलेसम्म कम्पनी र यसका सञ्चालकले भ्याटको नक्कली बिलको कारोबार गरी ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० रूपैयाँ राजस्व छली गरेको फेला पारेको हो । विभागले बिहीबार जिल्ला अदालत काठमाडौंमा वेभरेज र यसका सातजना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले वेभरेज र सञ्चालक अमित गुप्तासहित रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोदकुमार सिंह र अशोक कुमारबाट रकम असुल उपर गर्नुपर्ने माग दाबी गरेको छ । सञ्चालकलाई तीन वर्ष कैद सजायसमेत माग दाबी गरिएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले करिब ६ वर्ष अवधिमा कम्पनीले भ्याटतर्फ २५ करोड ३४ लाख ६ हजार नौ सय ४० रूपैयाँ र आयकरतर्फ लाभांशसमेत गरी ३९ करोड ६१ लाख ९५ हजार चार सय रूपैयाँ राजस्व छली भएको जानकारी दिए । ६४ करोड ९६ लाख बिगो र बिगोको दोब्बर एक अर्ब २९ करोड ९२ लाख चार हजार ६ सय ८० रूपैयाँसमेत गरी एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० रूपैयाँ जरिवाना दाबी गरिएको विभागले जनाएको छ ।

नक्कली कर बिजकको कारोबार गर्ने व्यक्तिहरूसँग मिलेमतो गरी वास्तविक मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर बिजक प्रयोग गरेर राजस्व चुहावट गरेको महानिर्देशक मैनालीले बताए । ‘योजनाबद्ध रूपमा कर छल्न खडा गरिएका कम्पनीसँग सामान खरिद गरेको देखियो,’ मैनालीले भने, ‘सामान किनेपछि भ्याट दाबी गरेर कर छली गरेका छन्।’ ती कम्पनीबाट एकाउन्ट पेयी चेक काटेर दिएपछि बिचौलियाबाट रकम फिर्ता लिने गरेको पनि मैनालीले बताए । बरुण बेभरेजलगायत अन्य कम्पनीले बिल खरिद गर्ने करिब ३० कम्पनीका सञ्चालकलाई यसअघि नै मुद्दा दायर गरेको मैनालीले बताए । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज