दर्जनौं योजनालाई १९ अर्ब

काठमाडौँ, ३ पौष । सरकारले चालु आर्थिक वर्षको आधा समय बित्दै गर्दा स्थानीय र प्रदेश सरकारका नयाँ कार्यक्रमका लागि १९ अर्ब ६ करोड रुपैयाँ बजेट दिएको छ ।

चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री युवराज खतिवडाले काम गर्न सक्ने स्थानीय तह र प्रदेशलाई योजना र कार्यक्रम हेरेर उनीहरुको माग अनुसार थप बजेट दिन २० अर्ब रुपैयाँ छुट्याएको थिए । सोही बजेटबाट अहिले प्रदेश र स्थानीय तहले प्रस्ताव गरेका दर्जनौ योजनालाई रकम दिइएको हो ।

बजेट सार्वजनिक गर्दा अर्थमन्त्री खतिवडाले चलाखी गर्दै सुरुमा नै सबैलाई समानुपातिक रुपमा बजेट वितरण नगरेर काम गर्न खोज्ने र सक्ने निकायलाई थप बजेट दिनेगरी समपूरक र विशेष अनुदान शीर्षकमा १०–१० अर्ब रुपैयाँ राखेका थिए ।

‘प्रदेश र स्थानीय तहले आफूले पहिचान गरी आफ्नो क्षेत्रमा सञ्चालन गर्ने आयोजनाका लागि १० अर्ब रुपैयाँ समपूरक अनुदान छुट्याएको छु,’ बजेट भाणमा खतिवडाले भनेका थिए, ‘कुनै प्रदेश र स्थानीय तहलाई विशिष्ट प्रकृतिको कार्य गर्न विशेष अनुदान उपलब्ध गराउन १० अर्ब रुपैयाँ व्यवस्था गरेको छु ।’

चालु बजेटले यी शीर्षकमा नयाँ बजेट माग्ने र कार्यक्रम स्वीकृत गर्ने सबै जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिएको छ । सोहीअनुसार आयोगले केही समयअघि सबै प्रदेश र स्थानीय निकायलाई योजना र त्यसअनुसारको कार्यक्रम अनलाइन आवेदनमार्फत पेस गर्न आह्वान गरेको थियो । नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज