सहकारीलाई मर्जरमा लाने तयारी

काठमाडौँ, ३ पौष । काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो ।

कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौँ महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । उनका अनुसार सहकारी ऐन २०७४ र कामनपाको सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार साना सहकारी संस्थाको एकीकरण (मर्जर) सुरु भएको हो ।

कामनपाले मर्जरमा जाने सहकारीलाई तीन वर्षको कर छुट दिएको छ । प्रतिसहकारीले वार्षिक पाँच हजार रुपियाँ कर तिर्नुपर्छ । ढकालका अनुसार सहकारी मर्जर भएर, दुई वर्षदेखि निष्क्रिय सहकारीको लाइसेन्स खारेज गरेर, झोले सहकारीलाई कारबाही गर्ने, दोहोरो सदस्यता खारेज गर्ने र ऐन अनुसारको कारबाही प्रक्रिया अघि बढाएपछि सहकारीको सङ्ख्या घट्ने छ । पाँच वर्षमा सात सय सहकारी मात्र हुने छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज