काठमाडौँ, ३० मंसिर । नेप्से सूचक सोमबार १३.७५ अंकले घटेर ११५४.११ विन्दुमा आइपुगेको छ । १६६ कम्पनीको ४० करोड ७९ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । १३ लाख ७१ हजार १३४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक १७२.०९ अंकले घटेको छ । जीवन बिमा समूह पनि १३६.५३ अंकले ओरालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ७.२३ अंकले घटेको छ । कारोबार रकममा एनएमबि बैंकको अग्रता छ । यसको ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५.४५ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनरका लगानीकर्ता छन् । यसको भाउ ९.४९ प्रतिशतले घटेको छ ।





