काठमाडौँ, २९ मंसिर । आज आइतबार शेयर बजार घटेको छ ।
आज शेयर बजार घटेर ४.७८ अंकले घटेर शेयर सूचक ११६७.८६ अंकमा पुगेर रोकिएको छ । तर ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.०८ अंकले बढेर २५५.६७ अंकमा पुगेको छ ।
१ सय ७२ कम्पनीको २० लाख ७२ हजार कित्ता शेयर किनबेच भएको आइतबार ६८ करोड ६० लाखको कारोबार भएको छ ।
शेयर बजार बढेपनि उपसूचक भने घटेका छन् ।
आज टेडिङ १५.९२, बैंकिङ २.८२ र अन्य सूचक २.९२ ले बढ्यो भने बाँकी सबै सूचक घटेका छन्। सबैभन्दा बढी जीवन बीमाको शेयर १५१.९२, होटल ४३.२१, निर्जीवन बीमा ३३.५३ तथा माइक्रोफाइनान्स ३६.२८ अंकले घटेको छ ।
आज सबैभन्दा बढी एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनएमबी बैंकको ६ करोड ३७ लाख १५ हजारको कारोबार भयो भने नेपाल बैंक लिमिटेडको शेयर ४ करोड ५४ हजारको कारोबार भएको छ ।
यस्तै, स्वाबलम्बन लघुुवित्त वित्तीय संस्थाको शेयर ३ करोड ८५ लाखको कारोबार भयो । आज राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् ।






