काठमाडौँ, २९ मंसिर । आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन ७१ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





