भक्तपुर, १७ मंसिर । एकको लागि सबै सबैको लागि योगदान भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरका अध्यक्ष राज्यश्वरी प्रजापतिको सभापतित्वमा १८ औं बार्षिक साधारणसभा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथी समाजसेवी एवं याकती अजिमा साकोसका अध्यक्ष राम गोपल चगुठीले सहकारी संस्था समुदायमा सहकारी संस्थाको माध्यमले आर्थिक सामाजिक सास्कृतिक रुपमा समाज बिकासमा अग्रनी भुमिका रहेको बताउनु भएको छ । स-साना पुंजिलाई एकत्रित गरि भक्तपुरका सहकारी संस्थाहरुले पर्यटन क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ । समृद्धि नेपाल सुखी नेपाली नेपाल सरकारले ल्याएको अवधारणालाई केही भएपनी संस्थाले योगदान पुर्याएको छ ।
यस बर्ष हुने पर्यटन बर्ष २०२० लाई सफल पार्न योगदान सहकारीले पनि महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राम चन्द्र प्रजापतिले योगदान साकोस स्थापनाका उद्देश्यलाई साकार पार्न महिला नेतृत्वले पूरा गरेको बताउनुभएको छ । स -सना पुजिलाई आर्थिक सामाजिक सांकृतिक रुपमा संस्थाले समाज बिकासमा योगदान पुर्याउन सफल संस्था योगदान सहकारी हो । तसर्थ सदस्यहरुको सदैब सेवा सुविधा आर्थिक पारदर्शिता सहकारीको सिद्धान्त मर्म र भावना अनुसार अगाडि बढन सकोस् भनि शुभकामना दिनु भयो ।
त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष राधेलक्ष्मी लाखाजु, लेका सुपरिवेक्षण समितिका संयोजक तुल्सी नारां सुवाल, ऋण अधिकृत सरस्वती प्रजापतिले संस्थाको बार्षिक कार्ययोजना र पाँच बर्षे कार्यक्रम अनुसार अगाडी बढीरहेको छ र आगामी दिनमा संस्थाको अझ प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा असल बचत श्याम सुन्दर प्रजापति, कृष्णराम भाताजु, माया राजबाहक, सावित्रि अवाल, सुरज सुवाल, केशव प्रजापति असल ऋणी सागर तचामो ज्ञानेश गोपाल साख र फरक क्षमताका सदस्य राजकुमार दुलाल र राजाराम दुलाललाई संस्थाले सम्मान गरियो ।
सचिव कान्छी विति प्रजापति कोषाध्यक्ष आरती वासीले प्रस्स्तुत गर्नु भएको प्रतिवेदन पारित गरियो । १८ औं बार्षिक साधारणसभाले राज्यश्वरी प्रजापतिको अध्यक्षतामा सात सदस्यीय संचालक समिति र तुल्सी नारां सुवालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरियो । उपाध्यक्ष राधेलक्ष्मी लाखाजु, सचिव कान्छी विति प्रजापति कोषाध्यक्ष आरती वासी सदस्यहरु लक्ष्मी अवाल लक्ष्मीश्वरी खाइतु राम प्रजापति र लेखा सुपरिवेक्षण समिति सदस्य शोभा जोन्छे र राम सुन्दर प्रजापति रहेका छन ।







