काठमाडौँ, १४ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’को उपाधि प्राप्त गरेको छ ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०१९ को ‘बैंक अफ दि इयर, नेपाल’बाट मेगा बैंकलाई सम्मान गरेको हो ।
‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।
यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आइएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो । बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २ हजार ५०० भन्दा बढी मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन्।






