कर छल्ने व्यवसायीलाई कारवाही हुने

काठमाडौँ, ६ मंसिर । नेपाल व्यापार सङ्घ न्युरोडले समयमा कर तिर्न सबैलाई आग्रह गरेको छ ।

सङ्घले आठौँ कर सप्ताहका अवसरमा बिहीबार काठमाडौँ आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’मा सो आग्रह गरेको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय न्युरोडका प्रमुख डा रामप्रसाद मैनालीले प्रचलित कानूनअनुसार कर नतिर्नेलाई कारवाही गर्ने बताउँदै उनले भने, ‘कर छलेर कारोवार गर्ने व्यवसायीलाई छापा मारेर कडा कारवाही गर्नेछौँ ।’

नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष नरेश कटुवालले सरकारले साना व्यवसायीको हकहितमा काम गर्न नसकेको आरोप लगाउँदै पछिल्लो चरणमा भन्सार सहजीकरण भए पनि व्यवसायीले दुःख पाइरहेकाले भन्सारमा दिइने कर र मूल्य अभिवृद्धि कर (भ्याट) स्पष्ट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज