राजस्व छल्नेहरू धमाधम फन्दामा : १७ महिनामा १७ अर्बकै बिगो

काठमाडौँ, ५ मंसिर । राजस्व छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ ।

विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरिएको बताए ।

महानिर्देशक मैनालीले मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार, फल्सबटम बनाएर भन्सार छलाउने र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने खालका पुराना कार्यशैलीसँगै अहिले राजस्व छल्नेहरूले विभिन्न नयाँ तरिका अपनाउने गरेको बताए ।

उनले नक्कली भ्याट बिल बनाएर कारोबार गर्नेसित मात्र करिब ११ अर्बभन्दा बढी बिगो दाबी गरिएको जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज