काठमाडौँ, ४ मंसिर । आज बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा १ सयले बढेर छापावाला सुन ७२ हजार १ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





