अर्थतन्त्रमा जोखिम बढ्दै

काठमाडौँ, ४ मंसिर । विश्व बैंकको एक प्रतिवेदनले नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुको अर्थतन्त्रमा जोखिम बढ्दै गएको देखाएको छ । दक्षिण एसियाको झण्डै दुई तिहाईभन्दा बढी अर्थतन्त्र ओगटेको भारतमा आएको आर्थिक मन्दी र यसको कारणका साथै अन्य देशहरुको आर्थिक विकासमा देखिएको उतारचढावको कारण यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रको जोखिम बढाएको तथा भारतमा परेको आर्थिक मन्दीको असर प्रत्यक्ष रुपमा पर्ने नदेखिएपनि अप्रत्यक्ष रुपमा पर्ने देखिएको हो । निर्यात कम, कृषि उत्पादनमा गिरावट नआउनु तथा रेमिट्यान्समा असर नपरेको कारण प्रत्यक्ष रुपमा नेपालमा असर नपरेपनि भारतप्रतिको व्यापार परनिर्भराताले यसमा असर पार्न सक्ने प्रतिवेदनले औंल्याएको छ ।

मंगलबार विश्व बैंक ग्रुप र इन्सिच्युट फर इमिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सार्वजनिक गरेको सन् २०१९ मा दक्षिण एसियाली आर्थिक फोकस प्रतिवेदनमा आप्रवासी प्राप्त देशहरुमा भौगलिक तनाव र तेलको अनिश्चितताले मूल्यमा पार्ने प्रभावको कारण रेमिट्यान्समा प्रभाव पार्नसक्ने जनाएको छ । रेमिट्यान्स वृद्धिमा कमी आएमा वित्तीय प्रणालीमा असर गर्नसक्ने जनाएको छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज