काठमाडौँ, १ मंसिर । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार ७१ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ५५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





