काठमाडौँ, २९ कार्तिक । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन २ सयले घटेर छापावाला सुन ७१ हजार ८ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





