नेप्से बढ्यो

काठमाडौँ, २८ कार्तिक । आज बिहीबार बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बढेको छ ।

आज बजारमा नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.७९ विन्दुले बढेर एक हजार १३५.९५ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ विन्दुले घटेर २५०.०६ विन्दुले घटेको छ ।

नेप्से बढे पनि कारोवार रकम पनि औसतमा सीमित रहेको छ । कूल १६३ कम्पनीको आठ लाख ३३ हजार ८३१ कित्ता शेयर रु २२ करोड ८३ लाख ५७ हजार ४९३ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । होटल २.५८, विकास बैंक १.३६, अन्य १.२६ र लघुवित्त ६.७ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ १.३८, व्यापार २२.४४, जलविद्युत् ०.५६, वित्त ४.०४, निर्जीवन बीमा ८.७६, उत्पादन १.४१, जीवन बीमा १३.५९ र सामूहिक लगानी कोष ०.१५ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड २९ लाख ६८ हजार ३७ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ३३ लाख ५८ हजार ५१३, हिमालयन डिस्टिलरी रु एक करोड ३१ लाख ८९ हजार ३००, एनआइसी एसिया बैंक रु ८७ लाख ७९ हजार ५९७, कृषि विकास बैंकको रु ७७ लाख ९९ हजार ४५७ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा पाँचथर पावर कम्पनी ९.६८, गुडविल फाइनान्स ६.९२, राधी विद्युत् कम्पनी ६.३८, दिव्यश्वरी हाइड्रो पावर ६.१२ र हिमालयन पावर पार्टनरका शेयरधनीले ५.९३ प्रतिशतले कमाए । त्यस्तै ग्लोबल आइएमई समुन्नत स्किम एक ५.६६, आँखु खोला जलविद्युत् कम्पनी ५.२६, रिडी हाइड्रो पावर ५.१२, सुमन्नत लघुवित्त वित्तीय संस्था ४.९१, पञ्चकन्या माई हाइड्रो पावर ४.५४ र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.७७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज