काठमाडौँ, २८ कार्तिक । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले बढेर छापावाला सुन ७२ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





