काठमाडौँ, २७ कार्तिक । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन ७१ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





