काठमाडौँ, १४ कार्तिक । आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ८ सय ६० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





