काठमाडौँ, ८ कार्तिक । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले बढेर छापावाला सुन ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





