झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौँ, ५ कार्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २४८.४९ विन्दुमा पुगेको छ ।

 कूल १५५ कम्पनीको ६ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोबार भएका छन् । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये छ उपसमूहको शेयर बढेको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत् १.३७, उत्पादन ९.४५, लघुवित्त १.२७, जीवन बीमा १९.०६ विन्दुले बढेको छ ।

यस्तै होटल ७.९९, वित्त ०.३, निर्जीवन बीमा १७.७१, अन्य ३.४३ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ३२ लाख २३ हजार ५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै प्रभु बैंक रु एक करोड तीन लाख १५ हजार ६०३, एनआईसीएशिया बैंक रु ९४ लाख ६३ हजार ८४६, एभरेष्ट बैंक रु ८६ लाख ९८ हजार १७, एनसीसी बैंक रु ६१ लाख ७१ हजार ५०७, नेपाल इन्भेस्टमेन्ट बैंक रु ५८ लाख ६० हजार ६१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार लक्ष्मी इक्विटी फण्ड ५.३०, हिमालयन डिस्टिलरी ३.९९, सूर्या लाइफ इन्स्योरेन्स ३.४६, सिद्धार्थ इन्स्योरेन्स २.९४ र विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.५६ प्रतिशतले कमाए । यस्तै, एभरेष्ट बैंक लिमिटेड ४.९६, रिलायन्स फाइनान्स ४.४२, सगरमाथा इन्स्योरेन्स ४.०७, आशा लघुवित्त वित्तीय संस्था ४.०५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.९६ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज