काठमाडौँ, ५ कार्तिक । आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी भने स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





