काठमाडौँ, ४ कार्तिक । आज पनि सेयरबजारमा गिरावट देखिएको छ ।
बजार कारोबार मापक सूचक नेप्से १.३३ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सिटिभ पनि शून्य दशमलव ३७ अंकले ओरालो लागेको छ ।
नेप्सेका अनुसार नेपाल बैंक लिमिटेडको ७६ लाखको, मेगा बैंकको ७० लाखको, शिवम् सिमेन्टको ६५ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ६० लाखकोे, कृषि विकास बैंकको ५६ लाखको कारोबार भएको छ ।
आज बजारमा १ सय ४५ कम्पनीको कारोबार भएकोमा ६ लाख कित्ता सेयर बिक्री भएका छन् । बजार खुलेर बन्द हुँदासम्म आज ३ हजार ४ सय २५ पटक कारोबार भएको छ । कारोबारका हिसाबले आज वाणिज्य बैंकहरु अग्रपंक्तिमा देखिएका छन् । आज प्रभु बैंकको १ करोड ८९ लाखको कारोबार गर्नेबाहेक अन्य कम्पनीले १ करोडको कारोबार गर्न सकेका छैनन् ।
कमाइका हिसाबले आज घोडीघोडा लघुवित्त अगाडि छ । कम्पनीका सेयरधनीले ४.८१ प्रतिशत आम्दानी गरेका छन् । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले ४.१८ प्रतिशत, आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.१३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकका सेयरधनीले २.८६ प्रतिशत आम्दानी गरेका छन् ।
त्यस्तै, घाटा व्यहोर्ने कम्पनीमा आज एभरेष्ट बैंक लिमिटेड कन। प्रिफरेन्सको सेयर मूल्यमा आज ९.२८ प्रतिशतले गिरावट आएको छ । कम्पनीका सेयरधनीले उक्त दरमा सेयर मूल्य घट्दा ६६ रुपैयाँ प्रतिकित्ता गुमाएका छन् ।






