काठमाडौँ, २ कार्तिक । बिहीबार शेयर बजारमा झिनो सुधार देखिएपनि कारोबार रकम भने झनै खस्केको छ । बुधबार १९ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहिबार कारोबार रकम १ करोड ३७ लाख रुपैयाँले घटेको हो ।
महिनाको अन्तिम दिन नेप्से परिसूचक ०.७१ अंकले बढेर ११३७.७५ बिन्दुमा पुगेको छ भने १६० वटा कम्पनीको ९ लाख ९८ हजार कित्ता शेयर १८ करोड २९ लाख रुपैयाँमा खरीद बिक्री भएको छ ।
बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये ५९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५९ वटै कम्पनीको शेयरमूल्य घटेको छ ।कम्पनीको कारोबार रकम एक करोडभन्दा तल रहेको छ। उच्च करोबार गर्ने १० कम्पनीमा ८ वटा वाणिज्य बैंक रहेका छन् ।





