काठमाडौँ, ३० असोज । नेप्से सूचक ०.७१ अंकले बढेर ११३७.७५ विन्दुमा अडिएको छ ।
१६० कम्पनीको १८ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामध्ये ४ समूहका सूचकबाहेक बाँकी सबै समूह हरिया भएका छन् ।
वाणिज्य बैंक समूहमा ०।७५ अंकको तेजी आएको छ । खरिदबिक्री रकममा प्रभु बैंक १ करोड ९९ लाख सहित अग्रस्थानमा छ । सानिमा इक्विटीका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशत का दरले कमाएका छन् ।
सबैभन्दा धेरै गुमाउनेमा महुली सामुदायिक लघुवित्तका लगानीकर्ता छन् । यसको भाउ ६.२५ प्रतिशतले तल झरेको छ ।






