काठमाडौँ, २६ असोज । आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी भने स्थिर रह्दै प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





