काठमाडौँ, २४ असोज । आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





