प्रदेशका योजना कामै नगरी भुक्तानी

काठमाडौँ, १६ असोज । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रुपेन्देहीको गैडहवा गाउँपालिकालाई ससर्त बजेटअन्तर्गत १५ लाख रुपैयाँ उपलब्ध गराएको छ  । गाउँपालिकाले ३ लाख रुपैयाँ थप्यो ।

माछा र कुखुरा उत्पादनका लागि वडा नंं ६ सूर्यपूरा अग्रणी रहेको भन्दै बिक्रीस्थल निर्माण गर्ने सहमति गाउँपालिकाले नै गर्‍यो । स्थानीय विष्णु तिवारीको अध्यक्षतामा टहरो निर्माण उपभोक्ता समिति बन्यो ।

उपभोक्ता समितिले अर्का नीराजन घिमिरेलाई ठेक्कामा दियो । उनले तयार गरेको टहरो सामान्य छ । त्यसमा बढीमा ६ लाख रुपैयाँ खर्च भएको स्थानीयको अनुमान छ ।

तर प्रदेश सरकारबाट १२ लाख १० हजार र गाउँपालिकाबाट ३ लाख गरी १५ लाख १० हजार रुपैयाँ भुक्तानी भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज