काठमाडौँ, १५ असोज । बुधबार शेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम समेत घटेको छ ।
सोमबार र मंगलबार गरी २० अंकले बढेको शेयर बजारमा परिसूचक नेप्से बुधबार घटेको छ । नेप्से झण्डै ५ अंकले घटेर १ हजार १ सय ४० दशमलव ७१ अंकमा बन्द भएको छ ।
१ सय ६१ कम्पनीको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजारमा बैंक अफ काठमाडौँको संस्थापक शेयर र साधारण शेयरको कारोबार रबैभन्दा बढी भएको छ ।
परिसूचक नेप्से घटेपनि नेपाल हाइड्रो डेभलोपर्सका शेयरधनीले सबैभन्दा बढी ६ दशमलव ३८ प्रतिशतले कमाएका छन् । तर हिमालयन पावर पार्टनरको शेयर मूल्य भने सबैभन्दा बढी ५ दशमलव ३६ प्रतिशतले घटेको छ ।






