काठमाडौँ, १२ असोज । एन आई सी एशिया बैंकको चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ्ग सेवा आश्विन १२ गतेदेखि सञ्चालनमा आएको छ ।
रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट, चितवन जिल्लाकै राप्ती नगरपालिका वडा नं ५ स्थित भण्डारा र काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ काँडाघारीस्थित काँडाघारीमा शाखा बिस्तार गरेको छ ।
यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ३ को पथरिया नयाँबजारमा बैंकको ४२औंं शाखारहित बैंकिङ्ग सेवा आजदेखि संचालनमा आएको छ । बैंकले संचालनमा ल्याएको पथरिया नयाँबजार शाखारहित बैंकिङ्ग सेवाको बिस्तार गरेको हो ।
यी चार शाखाहरु र थप एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।





